गालाको दाग लुकाउन निताले लिईन् कपालको साहारा (फोटो फिचर)
दुर्घटनामा परि गाला स्क्रयाच भएपछि ६ महिना नायिका निता ढुंगाना संचारबाट टाढा रहिन् । ६ महिना संचारमाध्यममा देखिन नपाउँदा नितालाई उकुसमुकुस भएको रहेछ । ६ महिनासम्म मिडियामा आउन नपाउँदा गुम्सिएकी निताले विहिबार एक कार्यक्रममा खुल्ने प्रयास गरिन् । संचारमाध्यमका क्यामेरामा आउन र फोटो खिचाउन उनले कुनै कसर बाँकी राखिनन् ।
उनले ६ महिनापछि संचारमाध्यमको अगाडि आउन पाउँदा खुशी लागेको बताईन् । फोटो खिचाउँदै गर्दा नितालाई स्क्रयाच गाला देखिएला भन्ने पिर पनि थियो । अझै केही मात्रामा दाग बाँकी रहेकाले पनि निताले आफ्नो दाहिने गालालाई कपालले छोप्ने प्रयास पनि गरिन् । कार्यक्रममा उनको ध्यान गाला छोप्नमा वढि गएको देखियो ।
६ महिनापछि मिडियामा छाउनका लागी उनले क्यामेराका अघि पोज दिन कुनै कन्जुस्याई गरिनन् ।
Post a Comment