Latest Movie :

कोमल वलीले कुवेतमा पतिदेव खोज्दा…(फोटो फिचर)

कोमल वलीले कुवेतमा पतिदेव खोज्दा…(फोटो फिचर)

३० भदौ, कुबेत । तीजको बेला, अनि कोमल वली, सुनिता दुलालजस्ता चर्चित गायियको जुरुक्कै उचाल्ने स्वरमा नायिका नन्दिता केसीको बारुले नृत्य ।
शुक्रबारको बिदाको दिन कुवेत सिटीको एसिया एसिया होटलमा नेपाली दाजुभाई दिदीबहिनीहरुको बाक्लो उपस्थिति थियो । हलको क्षमताभन्दा धेरै दिदीबहिनी उपस्थित भएपछि धेरैले हल बाहिरै बसेर चित्न बुझाउनुपर्यो ।
करिव २ हजार दर्शकले खचाखच भरिएको हलमा कोमल ओलीका मुक्तक/सायरीको साथमा पति देवका लागि… पोइला जान पाम, बर्त बसे शिवजी जस्ता गीतहरुले कार्यक्रममा दर्शकहरुलाई जुरुक जुरुक उचालेको थियो भने मनमा आट भाको गोजीमा गाठ भाको …. गीत गाउँदा त दर्शकहरु झन उत्तेजित भएका थिए । नन्दिता केसीको भन हामी दुईमा को राम्री.. , उधेरेको चोलीमा….बोलको नृत्य गर्दा दर्शकलाई थप मनोरन्जन थपेको थियो ।
सुनिता दुलालको अब मैलेनी झुम्का लगाउछु.. बर्त बसे जस्ता गीतले दर्शकलाई खुबै नचाएको थियो । स्थानीय लालीगुराँस साँस्कृतिक परिवार, नेपाल कुबेत सास्कृतिक मन्चका कलाकारको प्रस्तुती पनि जोडदार थियो । समाजसेबी मित्र सिंजाली र धर्मराज गिरीको आयोजनामा दिउँसो १ बजेदेखि महिला दिदीबहिनिहरुलाई दर खुवाएर सुरु भएको औचारिक सांगीतिक धमाका कुबेतका लागि नेपाली राजदूत मधुवन पौड्यालले दियो जलाएर उद्दघाटन गर्नु भएको थियो ।
कार्यक्रममा अल्मुल्ला एक्सचेन्जका जी ओ यम प्रेमरत्न, माउन्ट एभरेस्ट क्लबका अध्यक्ष धर्मराज गिरि, जनजागृति युवा समाजका अध्यक्ष दीपक क्षेत्री लगायतले शुभकामना मन्तब्य दिएका थिए । कोसेलीका प्रबन्धक मनु भुजेलले सबैको स्वागत गरेका थिए । अल्मुल्ला एक्सचेन्जको प्रायोजन कोसेलीको संयोजनमा आयोजना गरिएको कार्यक्रमको सभापति संयोजक सुजन केसीले गरेका थिए भने किरण पौड्याल, तोयानाथ दाहाल, आनन्द आचार्य, राजन रिमालले कार्यक्रम संचालन गरेका थिए ।
महिला दिदीबहिनीहरुको लागि निशुल्क प्रबेश र पुरुष दाजुभाइहरुको लागि अल्मुल्ला एक्चेन्जवाट नेपाल पैसा पठाए बापत प्रवेश पासको ब्यबस्था गरिएको थियो । हलको क्षमता भन्दा धेरै दर्शकको उपस्थितिले हल बाहिर ठुलो संख्यामा दर्शकहरु प्रवेशको लागि प्रतिक्षा गरिरहेका थिए । धेरैले प्रवेश नपाएर निरास भएर फर्किएका थिए ।
आपतकालिन उपचारको लागि जनजागृति युवा समाजले नर्स सहित प्राथमिक उपचारको ब्यबस्था होमनाथ गिरि, डिबी लोप्चन, निर्मल थापा लगायतले कार्यक्रम भब्य रुपमा सम्पन्न गर्न स्वयम सेवक सुरक्षा गार्डको नेतृत्व समालेका थिए । कार्यक्रमको बिच बिचमा मनोरन्जनात्मक खेलहरु खेलाउँदै महिला दिदीबहिनीहरुलाई साडी उपहार बाँडिएको थियो ।
कुबेतको इतिहासमा यो नै भब्य र अत्याधिक दर्शकको उपस्थिति रहेको नेपाली कार्यक्रम भएको जानकार बताउँछन् ।
Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. A2Z Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger