६ घाइतेलार्इ हेलिकोप्टरबाट काठमाडौं ल्याइयो
२९ भदौ, काठमाडौं । कपिलबस्तुको चम्पापुरमा सशस्त्र प्रहरी चढेको ट्रकलार्इ बसले ठक्कर दिँदा ७ प्रहरीसहित ८ जनाको मृत्यु भएको छ । दुर्घटना कम्तिमा ३६ जना घाइते भएका छन् ।
तौलिहवाबाट चन्द्रटा आउँदै गरेको ना १ ग ५८७ नम्बरको प्रहरीको ट्रकलार्इ दाङबाट बुटबल आउँदै गरेको लु १ ख ३५१९ नम्बरको बस चम्पापुरमा ठक्कर दिएको एसपी सुरेश बस्नेतले जानकारी दिनुभयो । दुर्घटनामा बरिष्ठ प्रहरी हवल्दार हस्तबहादुर विक, जवानहरु गोविन्द खत्री, शिव चौधरी र अंगलाल चौधरी, दिपक बुढा, हेमन्त थारु र खगेन्द्र खड्काको मृत्यु भएको छ । यस्तै बासका यात्रु दाङका चुडामणि पोखरेलको पनि मृत्यु भएको छ ।
दुर्घटनामा परि घाइते भएका मध्ये ६ जनालाई उपचारको लागि सिमि्रक एयरको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । उनीहरुमध्ये तीन जनाको शिक्षण अस्पताल महाराजगञ्ज, दुई जनाको वीर अस्पताल र एक जनाको निजामति अस्पताल बानेश्वरमा उपचार भइरहेको छ ।
यस्तै १२ प्रहरीको लुम्बिनी अञ्चल अस्पताल र २ जना प्रहरीको पुरानो मेडिकल कलेज चितवनमा उपचार भईरहेको छ । बसका यात्रुहरूको भैरहवा र बुटबलमा उपचार गरिएको छ । घटनाबारे छानविन गर्न समिति गठन गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
Post a Comment