२०६९-०५-२२
मोनिका दाहाल अहिले नेपाली सिने क्षेत्रमा भर्खरै प्रवेश गरेकी नायिका हुन् । उदयपुरको कटारीमा विद्यालय तहमा पढदादेखि नै मोनिका दाहाललाई गुरुहरुले हिरोइन भन्थे । त्यही शब्दले उनलाई निकै पछिसम्म छोइरह्यो जतिबेला उनलाई हिराइनको अर्थसमेत थाहा थिएन । त्यही अर्थलाई खोज्दै जानेक्रममा मोनिका अहिले नेपाली सिनेक्षेत्रमा नवनायिकको रुपमा देखिएकी छन् । नाइट क्वीन चलचित्रबाट डेब्यु गरेकी उनी अहिले अर्को फिल्मको तयारीमा जुटिरहेकी छन् ।
हिस्स परेको मुहार र पाँच फिट पाँच इञ्च उचाइ रहेकी मोनिकालाई अहिले एक दर्जनको हाराहारीमा फिल्ममा खेल्ने प्रस्ताव आएको छ । उनले अरु नायिकाले भनेजस्तै अटोमेटिक जबाफ दिंदै भनिन्– अब राम्रो फिल्म हेरेर मात्र खेल्नेछु । मोनिकाले चलचित्र क्षेत्रमा नायिका बनाइदिने भनेर यौन शोषण गर्नेहरु प्रशस्त रहेको बताएकी छन् । आफू भने त्यस्ताको फन्दामा नपरेको भन्दै उनले आफूलाई गर्व गरिन् । उनले आफू नेपाली चलचित्रमा एक नम्बर नायिका बनेर देखाउने बताएकी छन् ।
सेक्सलाई सृष्टि मान्ने उनी सेक्सकै कारण कतिपयले ज्यान गुमाउने र धेरै मानिस बिग्रिएकोमा उनको चिन्ता छ । चलचित्र क्षेत्रलाई यौन शोषण वर्जित क्षेत्र बनाउनका लागि उनले सुझाव दिएकी छन् ।
Join Our Facebook !!!
Post a Comment