Latest Movie :

‘बर्फी’ र ‘बडिगार्ड’को लफडा मिल्यो 1 काठमाण्डौको अष्टनारायण हलमा नेपाली चलचित्र ‘बडिगार्ड’ लाई विस्थापित गरी हिन्दी चलचित्र ‘बर्फी’ लगाइएपछि विवाद उत्पन्न भएको थियो । शुक्रबार अष्टनारायणको ठुलो हलमा हिन्दी सिनेमा ‘बर्फी’ लागेपछि निर्माता सुशिल पोखरेलले आपत्ति जनाउदै निर्माता संघमा उजुरी दिएका थिए । शनिबार भएको छलफलले आईतबारबाट ‘बडिगार्ड’ लाई ठुलो हलमा लगाउने निर्णय गरेको छ । निर्माता संघका अध्यक्ष राजकुमार राईले भने, ‘सामान्य कुरा मात्र भएकाले सबै कुरा मिलेको छ ।’ अष्टनारायणमा क्युका सिनेमा चल्नै पर्ने वाध्यता नभएकाले पनि ठुलो हलमा ‘बर्फी’ लागेको हो । अष्टनारायणले ठुलो हलमा ‘बर्फी’ लगाउने निर्णय गरेपछि विवाद उत्पन्न भएको थियो । हल संचालक र निर्माताबिच ठुलो हलमा बडिगार्ड चलाउने सहमती भएपनि अन्तिम समयमा ‘बर्फी’ लागेको थियो । ‘बडिगार्ड’ का निर्माता सुशिल पोखरेलले सानो हलमा लगाइए आफ्नो सिनेमा नै नदिने बताएपछि किचलो उत्पन्न भएको हो । सिनेमा नदिए आफ्नो हलमा नलगाउाने भन्दै अष्टनारायणले सानो हलमा ‘बडिगाडर्’ चलाएको थियो । तर हिन्दी चलचित्र ‘बर्फी’ ले राम्रो व्यापार नगरेपछि आइतबारबाट ठुलो हलमा ‘बडिगार्ड’ लाग्ने निश्चित भएको छ । यसैबिच अष्टनारायण हलले अबदेखि क्युका सिनेमा चलाउने भएको छ । अष्टनारायणमा रहेको १५० सिटको हलमा क्युबाट आएका सिनेमा लाग्ने निर्णय भएको निर्माता संघका सचिव सुरेशदर्पण पोखरेलले जानकारी दिए ।

‘बर्फी’ र ‘बडिगार्ड’को लफडा मिल्यो

1
काठमाण्डौको अष्टनारायण हलमा नेपाली चलचित्र ‘बडिगार्ड’ लाई विस्थापित गरी हिन्दी चलचित्र ‘बर्फी’ लगाइएपछि विवाद उत्पन्न भएको थियो । शुक्रबार अष्टनारायणको ठुलो हलमा हिन्दी सिनेमा ‘बर्फी’ लागेपछि निर्माता सुशिल पोखरेलले आपत्ति जनाउदै निर्माता संघमा उजुरी दिएका थिए ।
शनिबार भएको छलफलले आईतबारबाट ‘बडिगार्ड’ लाई ठुलो हलमा लगाउने निर्णय गरेको छ । निर्माता संघका अध्यक्ष राजकुमार राईले भने, ‘सामान्य कुरा मात्र भएकाले सबै कुरा मिलेको छ ।’
अष्टनारायणमा क्युका सिनेमा चल्नै पर्ने वाध्यता नभएकाले पनि ठुलो हलमा ‘बर्फी’ लागेको हो । अष्टनारायणले ठुलो हलमा ‘बर्फी’ लगाउने निर्णय गरेपछि विवाद उत्पन्न भएको थियो । हल संचालक र निर्माताबिच ठुलो हलमा बडिगार्ड चलाउने सहमती भएपनि अन्तिम समयमा ‘बर्फी’ लागेको थियो । ‘बडिगार्ड’ का निर्माता सुशिल पोखरेलले सानो हलमा लगाइए आफ्नो सिनेमा नै नदिने बताएपछि किचलो उत्पन्न भएको हो । सिनेमा नदिए आफ्नो हलमा नलगाउाने भन्दै अष्टनारायणले सानो हलमा ‘बडिगाडर्’ चलाएको थियो ।
तर हिन्दी चलचित्र ‘बर्फी’ ले राम्रो व्यापार नगरेपछि आइतबारबाट ठुलो हलमा ‘बडिगार्ड’ लाग्ने निश्चित भएको छ । यसैबिच अष्टनारायण हलले अबदेखि क्युका सिनेमा चलाउने भएको छ । अष्टनारायणमा रहेको १५० सिटको हलमा क्युबाट आएका सिनेमा लाग्ने निर्णय भएको निर्माता संघका सचिव सुरेशदर्पण पोखरेलले जानकारी दिए ।
Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. A2Z Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger