असोजमा भक्तपुरमा सडक महोत्सव हुने
२८ भदौ, भक्तपुर । भक्तपुरमा पहिलो पटक भक्तपुर सडक समहोत्सव २०६९ हुने भएको छ । आन्तरिक तथा बाहृय पर्यटकको आगमन वृद्धि गर्ने तथा कला, संस्कृति र उत्पादनको प्रर्बद्धन गर्ने उद्देश्यले सडक महोत्सव हुन लागेको हो ।महोत्सव भक्तपुर जिल्ला विकास समिति , भक्तपुर उद्योग वाणिज्य सङ्घ र भक्तपुर नगरपालिकाको संयुक्त आयोजनामा हसन लागेको हो । महोत्सव आयोजक समितिले विहीवार आयोजना गरेको पत्रकार सम्मेलनमा नगरपालिकाका पूर्वप्रमुख सुनिल प्रजापतिले आन्तरिक तथा बाहृय पर्यटकको आगमन वृद्धि गर्न भक्तपुरमा पहिलोपटक आगामी असोज ६ गते सडक महोत्सव आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।
सडक महोत्सवका सदस्यसचिव तथा सङ्घ मेला समितिका संयोजक राजुमृगेन्द्र जोशीले महोत्सवमा ऐतिहासिक र सांस्कृतिक नाच भैल प्याखं, देवी प्याखं, फांकदाली, माक प्याकं, लाखे प्याखं, नौबाजालगायतको प्रदर्शन गरिने बताउनुभयो । २ सय स्टल राखिने महोत्सवमा हस्तकलाको जीवन्त प्रदर्शनी, खाना महोत्सव, नौका विहार, मध्यपुर थिमिको सांस्कृतिक एवम् व्यावसायिक प्रदर्शनी, नेवार जातिको जीवन शैली, सेरामिक्सको परम्परागत उत्पादन, कृषि उत्पादन, नाचगान, दही र योमरी प्रदर्शनी, दही महोत्सव, विद्युतीय सामग्री प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ ।
Post a Comment