Latest Movie :

संचिताको हेरचाह गर्दै निखिलः (फोटो फिचर)




नायक निखिल उप्रेती अहिले नेपालमा छन् । नायिका संचिता लुईटेलले छोरी जन्माएपछि निखिल नेपाल आएका हुन् । छोरी जन्मदा आउन नपाएका निखिल संचिता आईसियुमा भर्ना भएपछि नेपाल आएका हुन् ।
संचिताको डेलीभरी भदौ १० गतेका लागि डक्टरले समय दिएकाले निखिलले यसै अनुसार समय मिलाएका थिए । तर, संचिताले भदौ ४ गते नै छोरीलाई जन्मदिएपछि निखिल उक्त समयमा आउन नपाएका हुन् ।
छोरीलाई जन्म दिएको केही दिनमै संचितालाई अत्याधिक रक्तश्राव भएर आई.सी.युमा राखिएको थियो । तर अहिले उनको अवस्था सामान्य रहेको पारीवारिक श्रोतले बताएको छ । संचिता आईसियुमा भर्ना भएलगतै निखिल नेपाल आएका थिए ।
यसपछि उनले संचिता र छोरीको साथ छोडेका छैनन् ।मुम्बईमा रहेका नायक उप्रेती गतबर्ष संचिताले छोरालाई जन्म दिएपछि नेपाल आएका थिए । केही दिन संचिताको स्याहार गरेर उनी पुनः मुम्बई फर्कीएका थिए । यसपटक पनि निखील संचिताको स्याहार गर्न नेपाल आएका हुन् । नेपाली सिनेमाबाट लगभग बाहिरी सकेका निखील मुम्बईमा संघर्ष गरिरहेका छन् ।

Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. A2Z Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger