नायिकाद्धय करिश्मा मानन्धर र नन्दिता के.सी शनिबार मझैले तीजको रमझममा रमाए । नृत्य निर्देशक गोविन्द राईले आयोजना गरेको छम छमे तीज विशेष कार्यक्रममा यि दुई नायिका रमाएका हुन् ।
गायिका कुन्ति मोक्तानले गीत गाउँदा करिश्मा र नन्दिताको मन स्थिर हुन सकेन । दुबै नायिका जुरुक्क उठे र कम्मर मर्काएर नाचेका थिए । नायिका करिश्मा मानन्धरले जुठो परेकाले आफुले खासै खुलेर तीज नमनाउने बताईन् । नायिका नन्दिता के.सी तीज कार्यक्रमका लागी कुवेत जाने तयारीमा छिन् । उनले तीज कार्यक्रम रमाईलो भईरहेको बताईन् ।
तीज विशेष कार्यक्रमबाट उठेको रकम असहाय बालबालीका तथा महिलाको लागी सहयोग गरीने छ ।
+ comments + 1 comments
ye karisma chai kati ramri huh...ke ye heroinele budi na hune medicine khayeki chha ki khaho.......haina ma sano huda pani yesti ramri thye ma aile budo huda pani yetai kai ramri chha achamma.....
Post a Comment