Latest Movie :

कालिकोट दुर्घटना अपडेटः २८ जनाको मृत्यु, २४ को सनाखत,११ उपचाररत

कालिकोट, २६ – कालिकोट बाट जुम्ला जाँदै गरेको ना ४ ख ६८७७ नम्बरको यात्रुबहाक बस सोमबार राती पाँखा गाविस १ बिर्तामोड भन्ने ठाउँमा दुर्घटना हुदा बसमा सवार २८ जनाको घटना स्थलमा नै ज्यान गएको छ । घटनामा परि गम्भीर घाईते भएका ११ जनालाई उपचारका लागि हेलिकप्टरमा नेपालगञ्ज लगिएको छ ।
गाडी मोड्ने क्रममा ब्रेक फेल भएपछि दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटना स्थल सदरमुकाम मान्म देखि २४ किलोमिटर पुर्वमा छ । सनाखत भएका मृतकका आफन्तले घटना स्तल बाटै लास बुझेका छन् ।

सनाखत भएका मृतकको नामावलीः
१. कालिकोट राँचुली ८ का बर्ष २३ का गोविन्द कोइराला (शिक्षक)
२. कालिकोट मान्म ५ बर्ष ४२ का जगतकुमारी शाही (शिक्षिका)
३. कालिकोट पाँखा १ बर्ष ४० का दाडिमा मल्ल (कान्छी) भनिने
४. कालिकोट छाप्रे २ बर्ष ३२ का लालवहादुर भण्डारा (शिक्षक)
५. कालिकोट पाँखा ८ का बर्ष २२ का जंग बहादुर शाही
६. दैलेख रावतकोट ६ का बर्ष ३५ का लालकौरा थापा (सिंह)
७. बैतडी दशरथ नगरपालिका बर्ष २६ का मनोज कार्की (नेपाली सेनाका सिपाही मान्ममा कार्यरत)
८. जुम्ला महतगाउँ ८ बर्ष ३८ का भिमदत्त कुवर (बस चालक)
९. जुम्ला पाण्डवगुफा ४ बर्ष १८ का मीनवहादुर रोकाया
१०. जुम्ला पाण्डवगुफा १ बर्ष ३३ नरेन्द्र कार्की
११. जुम्ला कालिकाखेतु बर्ष २४ पसल शाही (प्रहरी जवान, जाजरकोटमा कार्यरत)
१२. जुम्ला कार्तिकस्वामी  १ धनराज नेपाली
१३. जुम्ला चन्द्रनाथ ३ का बर्ष ४५ गोविन्द उपाध्याय
१४. जुम्ला चन्द्रनाथ २ बर्ष ३ का प्रदिप थइत
१५. जुम्ला चन्द्रनाथ २ बर्ष २० का शोभा थइत
१६. जुम्ला चन्द्रनाथ २ बर्ष २५ का कालु महत
१७. जुम्ला चन्द्रनाथ २ बर्ष ३५ का टेक रावत
१८. जुम्ला चन्द्रनाथ २ बर्ष १२ का काले रावत
१९. जुम्ला कालिकाखेतु ६ बर्ष २४ का दलजित शाही
२०. जुम्ला कुडारी ६ बर्ष ३० का कमलराज शाही
२१. जुम्ला नरकोट ५ बर्ष २६ का बिर्ख बहादुर बुढा
२२. जुम्ला नरकोट ५ बर्ष २६ का लंक बहादुर बुढा
२३. जुम्ला नराकोट ५ वर्ष ३२ बलबीर बुढा
२४ जुम्ला चन्दननाथ ३ वर्ष १५ बसन्त रावत
(सनाखत हुन नसकेका ४ जना)
उपचारका लागि नेपालगंज लगिएका घाईतेको नामावली
१ . कालिकोट सुकाटिया ४ बर्ष २५ नन्दा भट्टराई
२. कालिकोट सुकाटिया ४ बर्ष ३८ जुनपुरा जैसी
३. जुम्ला गुठीचौर बर्ष १९ का बसन्त बुढा
४. जुम्ला कालिकाखेतु बर्ष ४८ का नया“ शाही
५. जुम्ला चन्द्रनाथ २ बर्ष २४ का भैरव रावत
६. कालिकोट ओदानकू २ बर्ष २७ बिउरा सिह
७. कालिकोट छाप्रे बर्ष २५ रण बहादुर शाही
८. मुगु काकीवाडाका बर्ष २९ का जयबहादुर भाम
९. जुम्ला चन्द्रनाथ ३ वर्ष २२ पदम थइत
१०. जुम्ला पाण्डवगुफा बर्ष २४ का टोप कार्की
११. जुम्ला पाण्डुगुफा ४ वर्ष २१ बलबहादुर रोकाया
Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. A2Z Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger