Latest Movie :

घट्छन् फेसबुक लाइक

२०६९-०५-०५
प्रणप सुबेदी


वेबसाइट, ब्राण्ड तथा सेलिब्रेटीहरुको लोकप्रियता जाँच्ने कसीका रुपमा लिन थालिएको फेसबुक पेज लाइक अब घट्ने भएको छ। आफ्नो लोकप्रियता देखाउन फेसबुक पेजमा धेरै लाइक गराउने प्रवृत्ति बढेपछि फेसबुकले नक्कली लाइक हटाउने भएको छ। फेसबुकलाई फेकबुक बन्नबाट जोगाउन फेसबुकले वास्तविक फ्यान बाहेक अन्यको लाइक हटाउने भएको हो। फेसबुक विज्ञापन मार्फ खरिद गरिएका लाइकहरु फेसबुकको यो अभियानले हटाउने छ। फेसबुकमा आफ्नो लोकप्रियता देखाउनका लागि धेरै ब्राण्ड, वेबसाइट तथा सेलिब्रेटीले वास्तविक मनपराउने भन्दा विज्ञापन तथा अन्य माध्यमबाट लाइक बढाएको भनेर विरोध हुन थालेपछि फेसबुकले त्यस्ता फेक लाइक हटाउने भएको हो।
फेसबुक सेक्युरिटी टीमको ब्लगमा यस्ता खालका लाइक हटाउन सुरु गरिएको जानकारी दिइएको छ। फेसबुक सञ्चालनको नियम उल्लंघन गर्दै विभिन्न सफ्टवेयर तथा भाइरसको प्रयोग गर्दै लाइक बढाउने क्रम बढेकाले त्यस्ता फेक लाइकलाई हटाउनका लागि फेसबुकले यस्तो कदम चालेको हो। यस्ता खालका लाइक हासिल गर्नेहरुले अरुको एकाउन्ट हृयाक गर्ने, बल्क लाइक खरिद गर्नेहरु छन्। फेसबुकको सेक्युरिटी टीमले यस अभियानले फेसबुकलाई झुटको खेती गर्ने स्थान बन्न बाट जोगाउने बताएको छ। उसले यो अभियानले फेसबुकमा रहेका पेजहरुमा अहिले रहेको लाइक मध्ये एक प्रतिशत कम हुने बताएको छ।
Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. A2Z Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger