Latest Movie :

नोभेम्बर ५ तारिखदेखि फेसबुक बन्द !

News Image
नोभेम्बर ५ तारिखका हामीले फेसबुकको हत्या गर्दै छौं ।' सोसियल नेटवर्किङ्ग साइट फेसबुकमै यस्तो सन्देश देखिन थालेपछि अहिले फेसबुक प्रयोगकर्तामा एउटा कौतुहलता जागेको छ । के साँच्चै नोभेम्बर ५ मा फेसबुक बन्द हुन्छ ? तर यसको उत्तर अहिलेसम्म कसैले पनि दिन सकेको छैन । नाम नखुलेको एउटा ह्याकर समुहले फेसबुकको हत्या गर्ने धम्की डेढमहिनाअघि नै दिएको हो । त्यो समुहले मिति नै तोकेर नोभेम्बर ५ तारिखमा फेसबुकको हत्या गर्ने धम्की दिएपनि यसबारेमा फेसबुकको कुनै आधिकारिक प्रतिकृया सार्वजनिक भएको छैन । ह्याकरहरुले फेसबुकको हत्या गर्ने बारेको एउटा भिडियो युट्युबमा समेत राखेका छन् । भिडियो हेर्न क्लिक गर्नुहोस । उनीहरुले अमेरिकाको लस एन्जल्समा प्रदर्शन समेत गरेका थिए । ह्याकरहरुको समुहले आफूहरु चानचुने ह्याकर नभएको भन्दै ७० वटाभन्दा बढी महत्वपूर्ण वेवसाइट ह्याक गरेको दावी गरेको छ । नागरिकको व्यक्तिगत विवरण संकलन गरेर त्यसलाई फेसबुकलले सरकारलाई बेचेको तथा नागरिकको जासुसी गरेको आरोप ह्याकरहरुको छ । एक पटक फेसबुक एकाउन्ट खोलेपछि त्यसमा रहेको सुचना कसैगरेपनि हटाउन सकिँदैन । एकाउन्ट नै बन्द गरेपनि फेसबुकसँग त्यसको सुचना रहने हुँदा उसले ती सुचना बेच्ने गरेको आरोप ह्याकरहरुको छ । र यसो गर्दा नागरिकको गोपनियता भंग पनि हुने गरेको छ । ह्याकहरुले निकालेको एउटा विज्ञप्तिमा त फेसबुक प्रयोगकर्ताको बारेमा स्वयंमलाई भन्दा बढी जानकारी फेसबुकलाई हुने गरेको दावी गरिएको छ । मानिसले फेसबुकमा कसैसँग गरेको च्याट अथाव कमेन्ट भोलीपल्ट बिस्रन सक्छन तर ती सुचनालाई फेसबुकले बचाइ राख्ने ह्याकरहरुको दावी छ । त्यसैले नागरिकको गोपनियता भंगहुनबाट बचाउन पनि आफूहरु फेसबुकको हत्या गर्न गइरहेको उनीहरुको भनाई छ । यदि ह्याकहरुले दिएको चेतावनी सही हो र ह्याकहरुलाई रोक्न फेसबुक असफल भए नोभेम्बर ५ का दिनदेखि फेसबुक हामीमाझ नरहने निश्चित नै छ ।
Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. A2Z Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger