Latest Movie :

आर्यन नबोल्नुको कारण के थियो ?

हिरो आर्यन सिग्देलको रेखा थापासँग बोलचाल ठप्प रहेको कुरा त सवैलाई थाहा भएकै हो । आज अर्को कुरा थाहा पाउनुस् । चलचित्र 'मेरो लभ स्टोरी' मा ऋचा शर्मासँग अनस्क्रिन रोमान्स गरेका आर्यनको उनीसँग पनि बोलचाल नभएको रहस्य खुलेको छ ।

गत शुक्रबार यि दुई अभिनित चलचित्र 'मेरो लभ स्टोरी' को अडियो लन्चमा उक्त रहस्य खुलेको हो । अडियो लन्च पश्चात हिरोईन सुष्मा कार्कीसँग आर्यन ढोका बाहिर उभिरहेका थिए । त्यहि समयमा ऋचा त्यहाँ आईन् र सुष्मासँग जिस्किरहेका आर्यनलाई उनले 'बा.. बोल्ने फुर्सद पनि छैन हो हामीसँग' भन्दै नजिकिने प्रयास गरिन् तर आर्यनले न  त आँखाको इशाराले ऋचाको त्यो प्रश्नको उत्तर दिए न  ऋचा प्रति कुनै इन्ट्रेस्ट देखाए ।

यो त अडियो लन्च पछिको कुराको थियो ।  निर्धारित समय भन्दा केही ढिला अफ मुडमा उपस्थित भएका आर्यन अडियो विमोचन हुने बेलामा मात्र हल भित्र प्रवेश गरेका थिए । अडियो लन्चका लागि  ड्यासमा आर्यन उभिए लगत्तै ऋचालाई बोलाईएको थियो । ऋचा आर्यनको आडमा उभिएकी थिईन् । तर आफ्नै को-स्टारले हाईहेल्लो समेत नभनेपछी ऋचा दु:खी हुँदै विनय श्रेष्ठ भएतिर गएकी थिईन् । विनय सोही फिल्मका अर्का मुख्य कलाकार हुन् ।

कुनै समय निकै राम्रो सम्बन्ध रहेको ऋचासँग आर्यन किन बोल्न चाहेनन् त्यो त बुझिएन । तर आर्यनलाई हाम्रो प्रश्न,ऋचासँग नबोल्नुको कारण के थियो ?
Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. A2Z Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger