2069-05-24
ATOZ
बाटो विस्तार गर्ने बाबुराम योजनामा अमेरिका दूतावास एक्लो बाधक हैन् । चिनियाँ, जापानी, फ्रान्सेली, रुसी र जर्मन दूतावासले पनि आफ्ना पर्खाल र भवन भत्काउन अस्वीकार गरेका छन् । जसका कारण लाजिम्पाट-बाँसबारी सडकखण्ड फराकिलो बनाउने सरकारको योजना बिचमै रोकिएको छ । स्थानीय वासिन्दाको तिब्र बिरोधका बाबजुद उनीहरुका घरमा डोजर चलाएको सरकारले अन्तराष्ट्रिय सम्बन्ध बिग्रने डरले उनीहरुका सम्पत्तिमा डोजर हान्न सकेको छैन् । पर्खाल र कम्पाउन्ड भत्काउन अमेरिकी तथा जापानी दूतावासले ठूलो परिणाममा क्षतिपूर्ती मागेपछि सरकारले सडक विस्तारको क्रमलाई तिव्रता दिन सकेको छैन ।
कुटनीतिक नियोगले सडक विस्तारको कामलाई समर्थन गरेपनि आफ्नो भवन र पखार्ंल भत्काउन भने अस्वीकार गर्दै आएका छन् । यस्तै सडक विस्तारका क्रममा दूतावासको भवन तथा पर्खाल सहित राजदूतको आवासमा समेत भत्काउन चिन्ह लगाइएपनि भत्काउन भने सकिएको छैन । स्रोतका अनुसार अधिकांस दूतावासका भवन आचारसंहिता विपरित पास नगराई निर्माण भएका छन् । यता एक उच्च अधिकारीले भने समस्या समाधानका लागि सम्बन्धित दूतावासका अधिकारीहरुसंग अनौपचारिक छलफल भइरहेको वताए ।
LIKE IT Facebook !!!
Post a Comment