२०६९-०५-२२
अमेरिकामा प्रतिमिनेट औसतमा २४ जना आफ्नो साथी वा जीवनसाथीबाट बलात्कार, शारीरिक हिंसा वा उत्पीडनको शिकार हुने गरेको पछिल्लो एक अध्ययनले देखाएको छ । अमेरिकाको रोग नियन्त्रण केन्द्र सीडीसीले गरेको सर्वेक्षणमा १ ।२ करोड महिला र पुरुष यौनहिंसाको शिकार भएका छन् । रिर्पोटमा घरेलु तथा यौन हिंसाविरुद्धको अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको छ । पछिल्लो १२ महिनामा मात्र १० लाख महिला बलात्कार र बलात्कार प्रयासको शिकार भएका छन् ।
रिर्पोटका अनुसार ५ मा १ महिला र ७१ मा १ अमेरिकी पुरुष जीवनमा कम्तीमा एकपटक बलात्कारको शिकार हुने गरेका छन् । यस्तो हिंसाको शिकार भएका महिलाहरुले आफूलाई पति वा नजिकको साथीले बलात्कार गर्ने गरेको बताएका छन् भने अन्यले आफूले चिनेजानेका व्यक्तिबाटै यस्तो हुने गरेको सुनाएका छन् । अधिकतम महिलाहरु २५ वर्षको आसपासमा बलात्कृत हुने गरेका छन् भने ४२ ।२ प्रतिशत महिलाले १८ वर्षकै उमेरमा नै आफ्नो कुमारित्व गुमाउने गरेका छन् ।
Join Our Facebook !!!
Post a Comment