Latest Movie :

मह स्वाद एक, औषधी अनेक


प्रायः सबैलाई मह खाँदा गुलियो र स्वादिलो हुन्छ भन्ने थाहा छ । यसलाई चिया र कागतीको रससँग पनि खान सकिन्छ । तर, महको औषधीय गुणको हेक्का राख्नु पनि जरुरी छ । यो एक प्रभावशाली घरेलु औषधी हो । महलाई शुद्ध, अर्गानिक अवस्थामा चाका, परागसहित खाएमा स्वास्थ्यमा धेरै फाइदा पुग्छ ।
– मह, अण्डा र पिठोको समिश्रणले छाला मुलायम र चम्किलो बनाउँछ ।
– ब्याकटेरिया विरोधी गुण भएकाले मह एक शक्तिशाली एन्टिसेप्टिक हो । यसलाई घाउमा लगाउन सकिन्छ ।
– लसुनसँग मिसाएर वा सँगै खाएमा महले भाइरस र ब्याक्टेरियाको संक्रमण समाप्त पार्न मद्दत गर्छ ।
– महले शरीरमा उर्जा संचार गराई थकान कम गर्ने, मानसिक अवस्था सुधार्ने, प्रतिरक्षा प्रणाली सबल बनाउने तथा शरिरमा खनिज, भिटामिन र एन्टिअक्सिडेन्ट आपूर्ती गर्छ ।
– दृष्टिमा सुधार गर्ने, घाँटी बसेको ठीक गर्ने र खोकी निको पार्ने गुण पनि महमा हुन्छ ।
– रक्तसञ्चार सुधारेर महले मुटु स्वस्थ राख्छ । यसले साना रक्तनलीमा क्षति हुन दिँदैन ।
– म्हमा क्यान्सरविरोधी गुण भएकाले ट्युमर सिर्जना हुन दिँदैन ।
– घाँटी अमिलो हुने, अपच र पेप्टिकअल्सरमा मह उपयोगी छ ।
– डण्डीफोर उत्पन्न गर्ने ब्याक्टेरियालाई महले मार्छ ।
– म्ह खाएमा कलेजो र ठूलो आन्द्राबाट परजीवीहरुलाई सफाई हुन्छ ।
– हरियो नरिवलको पानीमा मह मिसाएर खाएमा शरीरमा निकै स्फूर्ती जाग्छ ।
– महले रौँमा हाँगा पलाउन नदिने भएकाले यसलाई कन्डिस्नरको रुपमा पनि प्रयो गर्न सकिन्छ ।
– महले कडा पानीलाई नरम पानीमा परिवर्तन गर्दछ ।
– ढुसी विरोधी महलाई पैताला र गुप्ताङ्गमा लगाएर ढुसीको संक्रमण हटाउन मद्दत मिल्छ ।
– लसुनको ताजा जुससँग मह मिसाएर खाएमा उच्च रक्तचाप नियन्त्रणमा आउँछ ।
Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. A2Z Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger