Latest Movie :

यौन उत्तेजना बढाउने औषधी सेवन गर्दा लिंग नै क्षतिग्रस्त

यौन उत्तेजना बढाउने औषधी सेवन गर्दा लिंग नै क्षतिग्रस्त

एजेन्सी, भाद्र १६ । अमेरिकाको टेक्सासका एड्रियन कार्टरले यौन उत्तेजना जगाउने शक्तिवर्धक औषधी सेवनको कारणले आफ्नो लिंग क्षतिग्रत भएको बताएका छन् । उनले उक्त यौन उत्तेजना जगाउने एक कम्पनी विरुद्ध स्थानीय अदालतमा मुद्दा समेत दायर गरेका छन् ।
समाचारका अनुसार गतवर्ष उनले यौन उत्तेजक औषधी सेवन गरेर सेक्स गरेका थिए । जसका कारण उनको लिंग क्षतिग्रस्त हुन गयो । सम्भोगका समयमा उनीमाथी दुर्घटना हुन गएको दाबी उनले गरेका छन् । सम्भोगका समयमा उनको लिंगबाट रक्तश्राव हुन थाल्यो, जसको छिट्टा कोठाको ढोका, तन्ना र सिसासम्म पुगेको उनले बताएका छन् ।
डाक्टरहरुले उनको लिंगको आपतकालीन उपचार गरेर लिंग ठीक गरेपनि भविष्यमा उनी सन्तान जन्माउन नसक्ने ठहर गरेको बताइएको छ । एवीसी न्यूजका अनुसार उनको क्षतिग्रस्त लिंगको तस्वीर भयानक भएको जनाइएको छ ।
पिडित कार्टरले यौन उत्तेजक औषधी उत्पादन कम्पनी हट हेल्थ लिमिटेड लगायत कयौं व्यक्तिहरु उपर रिट दायर गरेको जनाइएको छ । अर्कोतर्फ विशेषज्ञहरुले भने खराब तरिकाले सेक्स गर्दा मात्रै लिंग क्षतिग्रस्त हुने तर्क गरेको बीबीसीले जनाएको छ ।
Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. A2Z Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger