कलिउड खवर , नेपाली चलचित्र क्षेत्रमा चलचित्र विकाश वोर्डको अध्यक्ष को हुने भन्ने वारे हल्ला चलिरहेको वेला नायिका रेखा थापाको सम्भावना यति खेर वढदै गएको छ । विभिन्न व्यक्तिहरुको नाम अध्यक्षको रुपमा आएपनि रेखाको एमाओवादीका अध्यक्ष पुष्प कमल दहाल प्रचण्ड र प्रधानमन्त्री वावुराम भट्टराइ संगको भेटपछि रेखाको सम्भावना वढेको हो । चलचित्र क्षेत्रमा विकाश वोर्डका अध्यक्ष चलचित्रकर्मी नै हुनपर्ने माग वढिरहेको र रेखालाइ टक्कर दिने व्यक्तिको अभावले पनि रेखा वोर्डको अध्यक्ष हुने सम्भावना वढिरहेको छ । यता नायिका रेखा थापा पनि आफु अध्यक्ष वन्न पछि नपर्ने खालका अभिव्यक्ति दिन थालेकी छिन । प्रधानमन्त्री वावुराम भट्टराइ संगको भेटमा रेखाले चलचित्र उधोगको वारेमा प्रधानमन्त्रलिाइ जानकारी गराएकी थिइन भने प्रधानमन्त्रीपनि रेखा प्रति सकारात्मक भएको वुझिएको छ । हुनत संचारमन्त्री राज किसार सिंहको कानुनी सल्लाहकार सुरेस कार्की पनि वोर्ड अध्यक्ष वन्ने हल्ला चलचरिहको छ तर वोर्डमा चलचित्रकर्मीले नै नेतृत्व गर्नुपर्छ भन्ने मागका कारण कार्कीको अध्यक्ष वन्ने सम्भावना कम छ तर संचारमन्त्रीको नजिकको मानिस भएकोले सम्भावनालाइ नकार्न भने सकिदैन ।
Post a Comment