Latest Movie :

शिक्षामा सबैको पहुँच स्थापति गरिनेः प्रधानमन्त्री

२०६९-०५-२३
प्रणप सुबेदी
काठमाडौं, भाद्र २३ । प्रधानमन्त्री डा ।बाबुराम भट्टराईले पिछडिएका एवम् ग्रामीण भेगका बालवालिका शिक्षाको पहँुचबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गरिने बताएका छन् । राष्ट्रिय शिक्षा दिवस तथा अन्र्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा आज राजधानीमा भएको कार्यक्रममा प्रधानमन्त्री भट्टराईले शिक्षामा सबैको पहुँच स्थापित गर्नुपर्ने बताए ।

राज्यले शिक्षामा ठूलो लगानी गरेपनि अपेक्षा अनुरुप प्रतिफल प्राप्त गर्न नसकेको प्रधानमन्त्रीको भनाई थियो । उनले कक्षा ८ सम्म निशुल्क अध्ययनको व्यवस्था गर्न सरकारले राष्ट्रपति समक्ष विधेयक पेश गरिसकेको पनि वताए ।

शिक्षालाई विभेदरहित बनाउन सरकार प्रतिवद्ध रहेको भन्दै प्रधानमन्त्री भट्टराईले ७ वटा अन्र्तराष्ट्रियस्तरका शैक्षिक संस्था संचालन गर्ने तयारी भइरहेको समेत वताए ।

कार्यक्रममा उत्कृष्ट ठहरिएका विद्यायलाई सम्मान गरिएको थियो ।

Join Our Facebook !!!



Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. A2Z Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger