Latest Movie :

संसारकै सबै भन्दा लामो बस जर्मनीमा (भिडियो सहित)

संसारकै सबै भन्दा लामो बस देख्नु भएको छ ?? भर्खरै जर्मनीमा संसारकै सबै भन्दा लामो बस तयार भएको छ |101 फिट(३० मिटर) लामो यो बसमा एक पटकमा  २५६ जना यात्रुले यात्रा गर्न सक्छन |
करिब ९० करोड नेपाली रुपैया ( $10 million )लागतमा बनाइएको यो बस मा रेलमा जस्तै ३ वटा डिब्बा रहेका छन् |



बस लामो भएकै कारण सडकमा नियन्त्रण गर्न सजिलो होस उदेश्य राखेर उक्त बसलाई ३ वटा डिब्बामा बिभाजन गरिएको छ जुन डिब्बाहरु मोडमा सजिलै मोडिन सक्छन | यो बस बिजुलीबाट पनि संचालन गर्न सकिन्छ |
परिक्षणको लागि जर्मनीको ड्रेसडेनमा चालिने भनिएको यो बसमा नियन्त्रणको लागि ४ वटा स्टेरिङ राखिएको छ |बस लाइ चीनले मन पराइसकेको छ र आफ्नो देशमा पनि यस्तो बस चलाउन भन्दै उक्त बस निर्मातालाई केहि बसको निर्माणको लागि अर्डर गरिसकेको छ |

यो बसले चीनको ८२ फीट लामो बसलाई पछि पार्दै अहिले सम्मको लामो बसको रेकर्ड नै राखेको छ | बिश्वका धेरै देशहरुमा यस्तो लामो बस परिक्षण गरिए पनि ट्राफिक ब्यबस्थालाई खलबल पुर्याएको र दुर्घटना बढी गराएको भन्दा यस्ता लामो बस चलाउन रोक लगाइएको थियो |
तर यो बस निर्माता कम्पनीले भने आफ्नो बस सजिलै मोडिन सक्ने र ट्राफिक ब्यबस्थामा त्यस्तो असर नपार्ने बताइरहेको छ |
Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. A2Z Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger