२१ भदौ,एजेन्सी। फ्रान्समा आफ्नै छोरीलाई एउटा सेकेण्ड ह्याण्ड कारको लागि बेच्ने दम्पतीलाई अदालतले २८ वर्षको जेल सजाय भएको थियो।
२३ वर्षिय सब्रिना छोरीलाई उनिहरुले ६०० युरोको हिसावमा बेचेका थिए, जसको बदलामा उनिहरुले एउटा कार पाए।
दम्पतिले फ्र्यान्क फ्र्यान्स र उसकी श्रीमती फ्लोरेन्स कारास्कोलाई छोरी बेचेका थिए।
सब्रिनालाई फलामले पोलिएको थियो भने यौनदासीको रुपमा फ्र्यान्क फ्र्यान्स र उसकी श्रीमती फ्लोरेन्स कारास्कोले प्रयोग गरेका थिए।जव सब्रिना बेस्सरी बिरामी परिन्, उनलाई सवै दाँत झारेर पेरिस हस्पिटल नजिक फालिएको थियो।
फ्र्यान्क फ्र्यान्स र उसकी श्रीमती फ्लोरेन्स कारास्कोलाई अदालतले ३० वर्ष जेल सजाय सुनाएको थियो। उनिहरुलाई बलात्कार, अपहरण,टर्चर लगायतका विषयमा दोषी मान्दै यो सजाय सुनाइएको छ ।
प्रहरीका अनुसार उनलाइ रातमा चेनले बाँधेर राखिन्थ्यो भने खाना पर्याप्त दिँदैन्थ्यो। उनको नाममा आऊने बेरोजगारी भत्ता समेत उनिहरुलै लिन्थे।
हाल ठुलो सजाय पाएका चारै जना अपराधीहरुले अदालतमा सजाय घटाउन अपिल गरेका छन्। आउँदो सेप्टेम्वरमा यसको पुर्ण फैसला अदालतबाट आउने अपेक्षा गरिएको छ।
Join Our Facebook !!!
Post a Comment