Latest Movie :

५० बर्षपछिको नेपाल चलचित्रको पर्दामा (फोटो फिचर)

५० बर्षपछिको नेपाल चलचित्रको पर्दामा (फोटो फिचर)

निर्देशक योगेश घिमिरे ५० बर्षपछिको नेपालको कल्पना आफ्नो नोटबुकमा गर्दैछन् । पत्रकारलाई फोटो समेत खिच्न नदिई छायांकन प्रारम्भ गरिएको चलचित्र ‘नोटबुक’मा ५० बर्षपछिको नेपालको कल्पना गरिएको उनले बताएका छन् ।
छायांकनको क्रममै चलचित्रका बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा योगेशले भने -’यो सिनेमामा अबको ५० बर्षपछिको नेपालको चित्र कोर्न खोजिएको छ । ‘चलचित्रकी निर्मात्री प्रज्ञा जोशीले नोटबुक आफ्नो पहिलो चलचित्र हुने दाबी गरिन् । यसअघि सपुत, सम्झना र न बिर्से तिमीलाई न पाएँ तिमीलाई निर्माण गरेकी प्रज्ञा फरक धारको सिनेमा बनाएकोले नोटबुकलाई पहिलो भनेको बताउँछिन् ।
चलचित्रमा जीवन लुईटेल, नीता ढुंगानाका साथमा नवनायक सेन सापकोटाको मुख्य भूमिका छन् । चलचित्रको छायांकन सञ्जय लामाले गरिरहेका छन् । हालसम्म ३० प्रतिशत छायांकन गरिएको यो चलचित्र वैशाखमा रिलीज गर्ने निर्माणपक्षको दावी छ । चलचत्रिको छायांकन काठमाडौं पश्चात ईलामको श्रीअन्तु डााडाामा गर्ने तयारी छ ।
चलचित्रले नेपाली जनताले भोगेका समस्यालाई उठान गर्दै अब देख्न चाहेको नेपालको कल्पना गरेको निर्देशक घिमिरेले जानकारी दिएका छन् । नुतन स्टुडियोमा छायांकन भईरहादा कार्यक्रम आयोजना गरिएपनि निर्माणपक्षले छायांकन दृश्य खिच्न भने पत्रकारलाई दिएन ।
चलचित्रमा समावेश केही दृश्यहरु यस्ता छन् :


Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. A2Z Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger