भोलिको बन्द फिर्ता लिन आग्रह
२६ भदौ, काठमाडौं । सरकारले असोज १ गतेदेखि विद्यार्थीलाई ग्यासँ र मटि्टतेलमा छुट दिने भएको छ ।
बाणिज्य तथा आपूर्ति मन्त्रालयले सामुदायिक उच्चमावि, सरकारी विश्व विद्यालय र पब्लिक ब्याम्पसहरुमा अध्यननरत विद्यार्थीहरुका लागि खाना पकाउने एलपी ग्याँसमा प्रतिसिलिण्डर २ सय ५० र मटि्टतेलमा प्रतिलिटर १० रुपैयाँ छुट दिने निर्णय गरेको हो । विपन्न बर्ग, किसान र विद्यार्थीहरुलाई राहत दिनबारे उच्चस्तरीय कार्यदलले गरेको सिफारिसका आधारमा छुटको निर्णय गरिएको हो ।
ग्याँसको बजार मूल्य प्रतिसिलिण्डर १४ सय ७० रुपैयाँ छ भने मटि्टतेलको प्रतिलिटर ९७ रुपैयाँ छ । मन्त्रालयले किसानहरुलाई डिजेलमा छुट दिनेबारे केही दिनमा नै निर्णय हुने बताएको छ । गरिबहरुको पहिचान गरी परिपत्र पत्र वितरणको तयारी भइरहेकाले डिजेलमा छुटबारे हाल निर्णय नगरिएको हो ।
मन्त्रालयले भोलिका लागि आहृवान गरिएको बन्दससिहतका सम्पर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिन समेत विद्यार्थीहरुलाई आग्रह गरेको छ ।
onlinekhabar
onlinekhabar
Post a Comment