प्रेमको ताल्चामा सरकारी करौँती
इटलीको राजधानी रोम रहेको एक ऐतिहासिक पुलमा प्रेम जोडीहरुले लगाएको हजारौं ताला हटाइने भएको छ ।
यसको सुरुवात फेडि्रको मोकियाको एक उपन्यासपछि सुरु भएको हो, जसमा प्रेम गर्नेले उक्त पुलमा एक ताला लगाएको र साँचो नदीमा फलेको उल्लेख छ । उनीहरुको यो विश्वास थियो कि दुबै सदाका लागि एक अर्कामा समर्पित हन्छन् । उक्त उपन्यास लोकपि्रय भयो र प्रेम जोडीहरुले उक्त पुलमा रहेको लठ्ठामा ताला झुण्ड्याउने प्रचलन नै सुरु भयो ।
अधिकारीहरुका अनुसार तालाका कारण पुललाई नै खतरा भएपछि अब हटाउन लागिएको हो । रोमको नगर परिषद्ले तालाहरु काट्न आदेश दिएको छ र फलाम काट्ने मेशिनले तालाहरु काटिँदैछ । उक्त पुलमा रहेको ताला काट्न आदेश दिएको यो पहिलो पटक हो ।
यसअघि सन् २००७ मा रोमका मेयरले पुलमा ताला लगाए ५० युरो जरिवाना गर्ने निर्णय गरेपछि चर्को विरोध भएको थियो ।
Post a Comment